Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षामा कमी हुन दिन्न : प्रधानमन्त्री प्रचण्ड

    नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षामा कमी हुन दिन्न : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन आवश्यक समन्वय गर्ने बताअएका छन् ।

    अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई स्थापित गराउन कुनै कमी हुन नदिने बताए।



    उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन सरकारबाट आवश्यक समन्वय तथा सहयोगमा कुनै कमी हुन नदिने विश्वास व्यक्त गरे।

    प्रधानमन्त्री प्रचण्डले भने,’नागरिकको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा सामाजिक सुरक्षा कोषलाई स्थापित गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्‍याउन नेपाल सरकारबाट आवश्यक समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु।’

    प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षाको दायरा विस्तार र कोषको संस्थागत तथा संरचनागत सुधारमा सरकारले उच्च प्राथमिकताका साथ कार्य गरेकाले सामाजिक सुरक्षा कोष र यसबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम पूर्ण कार्यान्वयनमा आउने दावी गरे।

    अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई समेत सामाजिक सुरक्षाको योजनाभित्र आबद्ध गराउने कार्यको शुभारम्भ गराउने घोषणा गर्न पाउँदा गौरवान्वित महशुस भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार