Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजना घोषणा

    अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजना घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 564
    SHARES

    काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ।

    प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डलेसरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान शुरु गरेको औपचारिक घोषणा गरे ।



    अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

    वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज औपचारिक घोषणा गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार