Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम

बुटवल। नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवलमा चक्काजाम गरेको हो ।

अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बिहान सात बजेदेखि आठ बजेसम्म सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा चक्काजाम गरेको अनेरास्ववियु बुटवलले जनाएको छ ।

चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । सो क्रममा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटिर १४ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077