Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा पनि विस्तारै अनुसन्धान हुन्छ

    प्रधानमन्त्री प्रचण्डले भने – गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा पनि विस्तारै अनुसन्धान हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणको फाइल खोल्ने संकेत गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले झापाको गिरि बन्धु टि स्टेटको जग्गामा भएको नीतिगत भ्रष्टाचारको विषयमा पनि छानबिन गरिने बताएका हुन् ।



    उनले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुने बताए ।



    प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण पनि छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै यसमा पनि विस्तारै छानबिन हुने बताए।

    ललिता निवास, नक्कली भुटानी शरणार्थी र पछिल्ला सुन तस्करी प्रकरणमा सरकारले संलग्न जो सुकै भए पनि अनुसन्धानको दायरामा ल्याएको र ल्याउने अभ्यास सुरु गरेको प्रधानमन्त्री प्रचण्डको दाबी छ।

    केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिक काम बनाएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार