काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ ।
सांसद शर्माको प्रमाणपत्र छानबिन गर्न माग गर्दै क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो । उनीहरूले शर्मालाई कारवाहीको माग गरेका छन् ।
प्रमाणपत्र छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीबाट पक्राउ परेका शर्मा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामुक्त भएका छन् ।
थुनामुक्त भए लगत्तै उनले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए ।
Leave a Reply