Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरामाथि अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न सीआईबीलाई निर्देशन दिइसकेको बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरालाई प्रतिवादी बनाउने तयारी भइरहेको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,’उहाँहरूमाथि पुन: अनुसन्धान हुन्छ, दोषी पाइए मुद्दा चल्छ। कि प्रतिवेदनमा नाम हाल्नु हुँदैनथ्यो, नाम हालिसकेपछि उनीहरूमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेर सीआईबीलाई निर्देशन दिएको छु ।’



    प्रधानमन्त्री प्रचण्डले पूर्व सभामुख समेत रहेका उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढ्न लागेको जानकारी गराए ।

    आफूले महरालाई गिरफ्तार गरेर हुन्छ कि बयान लिएर हुन्छ प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार