Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • क्विन्टल भनेर प्रचार गरिएको सुन गालेर जोख्दा ६० किलो मात्र !

    क्विन्टल भनेर प्रचार गरिएको सुन गालेर जोख्दा ६० किलो मात्र !

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गालेको छ ।

    तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।



    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो ।गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो ।



    गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ । राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

    मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार