काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले थापाको निष्क्रियताका बारेमा जानकारी लिन लागेको हो ।
मणि थापा पार्टी नेतृत्वसँगै असन्तुष्ट रहेपछि पार्टीको जिम्मेवारीमा बिदा जनाएर बसेका छन्।
उनले फागुनमा सुरू भएको ‘मिसन ग्रासरूट’ अभियान अगाडि नै आफू बिदामा बस्न चाहेको बताएका थिए।
एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको र त्यसको सुरुवात नेतृत्वबाट भएको भनि टिप्पणी गरेपछि अध्यक्ष केपी शर्मा ओली उनीसँग रुष्ट रहेका थिए ।
Leave a Reply