काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ‘ब्रेक शु’ भित्रको सुन निकालेर गाल्न थालेको छ।
नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरु गरिएको हो । सुन गालेर अहिले बिस्कुटको आकारको बनाइँदैछ।
यसअघि महाशाखाले सोमबार ब्रेक शुबाट सुन निकालेको थियो। ब्रेक शु भनेर विदेशबाट ल्याइएको सुन राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो ।
उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो । सोमबार ब्रेक शु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
सीआईबी, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा बरामद ब्रेक सुबाट सुन निकालेको सुन गाल्न सुरु गरिएको छ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो।
Leave a Reply