काठमाडौं । प्रिमियर लिग सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले सुखद सुरुवात गरेको छ ।
गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले वुल्भ्स ह्याम्प्टनलाई १–० गोलले पराजित गरेको हो ।
खेलको ७६औं मिनेटमा डिफेन्डर राफेल भरानले गोल गरे ।
जितसँगै म्यानचेस्टर सातौं स्थानमा छ । पराजित वुल्भ्स १७औं स्थानमा पुगेको छ।
Leave a Reply