काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहने इस्लाम धर्मावलम्बीका सरकारले आवेदन आह्वान गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिले सूचना निकालेर दुई महिनाभित्र आवेदन दिन आह्वान गरेको हो ।
नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गरी फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिनेछ ।
नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार सन् २०२४ मा नेपालबाट एक हजार २०० जना हज गर्न जान पाउने गरी साउदी अरब सरकारले कोटा तोकेको छ।
Leave a Reply