सुर्खेत । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ मा व्यवस्था भए बमोजिम कर्णाली प्रदेश सरकार अन्तर्गत विभिन्न कार्यालयहरुमा रिक्त रहेको वन सेवा, जनरल फरेष्ट्री समूहका तहविहीन वन रक्षक पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको आयोगले बजनाएको छ ।
वन, जनरल फरेष्ट्रीका लागि खुलातर्फ २९, समावेशी समूहतर्फ महिला ८, आदिवासी जनजाति ६, मधेसी ५ जनाका लागि आवेदन खुला गरिएको छ।
त्यस्तै दलिततर्फ २, पछाडि पारिएको क्षेत्र र अपाङ्गताबाट १-१ जना पदपूर्ति गर्ने गरी आवेदन खुला गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
Leave a Reply