Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • संघीय निजामती विधेयक मन्त्रिपरिषदमा दर्ता

    संघीय निजामती विधेयक मन्त्रिपरिषदमा दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 579
    SHARES

    काठमाडौं । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ ।

    लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । सो विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरी परामर्शका लागि लोकसेवा आयोग पठाइने बताइएको छ ।



    विभिन्न विवादका कारण सो विधेयक लामो समयदेखि थन्कँदै आएको थियो । यसअघि मन्त्रिपरिषद्मा पेस भइसकेको विधेयकमा धेरै विषय विवादित भएपछि मन्त्रिपरिषद्ले नै विधेयक फिर्ता गरिदिएको थियो ।



    तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विधेयकलाई स्वीकृतिका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाउनुभएको थियो । तर, त्यसपछि पनि विधेयकले कर्मचारीको वृत्ति विकासमा असर पार्ने प्रावधान समेटको भन्दै अधिकांश कर्मचारी आन्दोलित भएका थिए ।

    कर्मचारी आन्दोलित भएपछि सो विधेयक अर्थ र कानून मन्त्रालयमा नै रोकिएको थियो । अर्थ र कानून मन्त्रालयमा विधेयक रोकिए पनि त्यसलाई अघि बढाउन तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले खासै पहल गर्नुभएको थिएन । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार