Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सरकारले बनायो निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल

    सरकारले बनायो निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 618
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायी महासंघले उठाएका मागका यथाशीघ्र सम्बोधन गर्न निर्देशन दिएका छन् ।

    सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीका माग सम्बोधन गर्न छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।



    छलफलमा सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि कर लगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।



    छलफलमा विषयगत मन्त्रालयका मन्त्री र सचिवको सहभागिता रहेको थियो ।

    यस्तै निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा. दामोदर रेग्मीको संयोजकत्वमा विषयगत मन्त्रालयका सहसचिवहरू सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार