Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललिता निवास प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआईबीले लियो बयान

    ललिता निवास प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सिआईबीले लियो बयान

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले ललिता निवास जग्गा प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेलको बयान लिएको छ । पौडेल पदमा रहँदा ललिता निवास जग्गासँग सम्बन्धित निर्णयहरू भएको भन्दै सिआईबीले ६ घण्टा भन्दा लामो समयसम्म बयान लिएको हो ।

    आइतबार सीआईबीमा उपस्थित भएका उनीसँग राति अबेरसम्म विषयवस्तुमा केन्द्रित रहेर बयान लिइएको बताइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि पक्राउ गरी अनुसन्धान गर्न बाटो खोलेपछि सिआईबीले अनुसन्धानको दायरा बढाएको छ ।



    सर्वोच्चको पछिल्लो आदेशसँगै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मुख्य सचिव बनेका पौडेलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो । पौड्याल २०६९ साउन २२ देखि २०७२ साउन २१ सम्म मुख्य सचिव थिए ।



    ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआईबीको हिरासतमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार