एजेन्सी । पेरिस सेन्ट–जर्मेइन (पीएसजी) मा रहेका ब्राजिलका फरवार्ड नेयमार साउदी प्रो लिग क्लब अल–हिलालमा जाने पक्का भएको छ ।
पीएसजीले नेयमारलाई ९० मिलियन अर्थात् नौ करोड युरोमा अनुबन्ध गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै नेयमार अल हिलाल जाने पक्का भएको हो ।
नेयमारले अल हिलालमा हरेक वर्ष १ सय २९ दशमलव ४ मिलियन युरो अर्थात् १२ करोड नौ लाख युरोभन्दा धेरै पारिश्रमिक पाउनेछन् ।
यो रकम अहिले पीएसजीमा पाएको भन्दा ६ गुणा धेरै हो । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन युरोमा पीएसजीमा आवद्ध भएका थिए । क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबको व्यावसायिक लिगको क्लब अल नासरमा अनुबन्धित भएर फुटबल खेलिरहेका छन् ।
Leave a Reply