Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

    अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ आज बाँडफाँट भएको छ।

    यसमा गोलाप्रथामार्फत् १ लाख ९५ हजार ३२७ जनाले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।



    उक्त आइपिओका लागि कुल १३ लाख ६१ हजार १५४ जनाले आवेदन दिएकोमा १२ लाख ८३ हजार ५९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य रहेका थिए । कम्पनीले साउन १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्रीमा ल्याएको थियो।



    कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

    सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

    यस्तै, कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको हो।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको थियो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार