Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पोर्चुगल पठाईदिन्छु भन्दै ३९ लाख ठगी गर्ने उमेश पक्राउ

    पोर्चुगल पठाईदिन्छु भन्दै ३९ लाख ठगी गर्ने उमेश पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 747
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ईलामको रोङ गाउँपालिका-६ स्थाइ घर भई हाल सिनामंगल बस्ने उमेश सेती रहेका छन् ।



    पक्राउ परेको उमेशले सुरज श्रेष्ठसहित तीन जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई दिने भन्दै ३९ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    उमेशले मासिक १ लाख रुपैयाँ कमाई हुने भन्दै पीडितहरुसंग प्रति व्यक्ति १३ लाख रुपैयाँ मागेका थिए । उमेशले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उमेशलाई आज बौद्धबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उमेशलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार