Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो

    बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 735
    SHARES

    नवलपरासी। नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।

    ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएका हुन् ।



    नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ ।ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ ।



    संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ ।

    ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार