काठमाडौं । सिम्रिक एयरलाई नागरिक उड्डयन प्राधिकरणले लगाएको उडान प्रतिबन्ध फुकुवा भएको छ ।
सिम्रिक एयरले ५५ लाख १२ हजार १ सय १२ रुपैयाँ बक्यौता भुक्तानी गरेपछि उडान प्रतिबन्ध फुकुवा गरिएको हो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३० गरी ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले बिहीबारदेखि उडानमा प्रतिबन्ध लगाएको थियो ।
सिम्रिकले हाल चारवटा हेलिकोप्टरमार्फत उडान गर्दै आइरहेको छ ।
Leave a Reply