Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्र पदाधिकारी बैठक बालुवाटारमा, मन्त्री फिर्ता बोलाउनेबारे छलफल हुने

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

मन्त्रिपरिषद् हेरफेरको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक बोलाएका हुन् ।

गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

बालुवाटारमा जारी बैठकमा पार्टी पदाधिकारी र माओवादीबाट मन्त्री बनेकाहरू पनि सहभागी भएको जनाइएको छ ।

माओवादीले पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

माओवादीबाट गरिने हेरफेरमा स्थायी कमिटी सदस्य हितबहादुर तामाङलाई ल्याउन लागिएको बुझिएको छ ।

यसअघि जनमत पार्टीले अनिताकुमारी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077