Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री र गृहमन्त्रीले कांग्रेससँग प्रतिशोध साँध्न खोजे : शेखर कोइराला

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले राजनीति प्रतिशोध साँध्न प्रधानमन्त्री र गृहमन्त्रीले सुनिल शर्मालाई पक्राउ गरेको आरोप लगाएका छन् ।

पार्टीको जारी संसदीय दलको बैठकमा बोल्दै नेता कोइरालाले राजनीति प्रतिशोध साँध्न सांसद शर्मालाई कारागारमा राखिएको बताएका हुन्।

हङकङबाट क्विन्टल सुन आइरहेको अवस्थामा गृहमन्त्रीले त्यहाँको अवस्थाबारे जानकारी लिन पत्र पठाएको या नपठाएको स्पष्ट पार्न माग गरे ।

नेता कोइरालाले भने, ‘सुन बाहिरबाट ल्याएर नेपाललाई अखडा बनाइँदैछ । यहाँबाट टनका टन भारत गइरहेका छ । योभन्दा धेरै टनका टन सुन पहिला पनि गएको हुनसक्छ ।’

धेरै विकृति भएको देशमा नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने नेता कोइरालाको भनाई छ । उनले सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्नुपर्ने बताए । कांग्रेसको जारी बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना भइरहेको छ ।

उनले सबै भ्रष्टाचारका काण्डहरूको छानबिन हुनपर्ने तर सरकारले निष्पक्षता कायम राखेर छानबिन गर्न सक्नुपर्ने बताए । उनले कांग्रेस सुन तस्करीका विषयमा समेत छानबिन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077