Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिँचाइ विभागमा निर्माण व्यवसायीहरुले लगाए ताला

    सिँचाइ विभागमा निर्माण व्यवसायीहरुले लगाए ताला

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 876
    SHARES

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएको छ ।

    सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत व्यवसायीहरुले सिँचाइ विभाग ताला लर्गाका हुन् ।



    निर्माणको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीहरू आन्दोलनरत छन् ।



    व्यवसायीहरूले ताला लगाउँदै धर्नामा बसेपछि प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

    प्रहरीले निर्माण व्यवसायीहरूलाई पक्राउ गरी त्यहाँबाट हटाएका छन् ।

    यसअघि दोस्रो चरणको आन्दोलन अन्तरगत निर्माण व्यवसायीहरूले बालुवाटारदेखि संसद् भवन अगाडि धर्ना दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार