Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविका शिक्षक र कर्मचारीको अतिरिक्त सुविधा कटौती

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीको अतिरिक्त सेवासुविधा कटौती गरेपछि माओवादी र नेपाली कांग्रेस निकट कर्मचारीले आन्दोलन शुरू गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा करिब १ अर्ब ५० करोड रुपियाँँ कटौती गरेपछि आर्थिक अवस्था धराशयी बनेको भन्दै त्रिविले कर्मचारीको अतिरिक्त सेवाबापतको उपलब्ध गराउने रकम कटौती गरेको हो ।

अधिकांश विभाग, डीन कार्यालय, संस्थान र क्याम्पसले अतिरिक्त सुविधा उपलब्ध गराउने नाममा करोडौं रुपियाँ खर्च गरेपछि त्रिविले अतिरिक्त सुविधा कटौती गरेको हो । अतिरिक्त सुविधा दिन आवश्यक पर्ने कर्मचारीको लिस्टमा काम गरिररहेका सबै कर्मचारीले सो सुविधा लिएपछि त्रिविको कार्यकारीले सो भत्ता कटौती गरेको हो ।

‘हामीले अतिरिक्तबाहेक अन्य सबै सेवा उपलब्ध गराएका छौं’ –त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले भने । उनले त्रिविलाई धराशयी हुनबाट बचाउन अतिरिक्त सुविधा कटौती गरेको बताए । उनले भने– ‘सरकारले गएको आवमा बढेको तलब बराबर करिब २ अर्ब रुपियाँ नदिएका कारण समस्या भयो, यो वर्ष डेढ अर्ब कम रकम उपलब्ध गराउँदा आर्थिक रूपमा थप धराशयी हुने भएर पनि अतिरिक्त सेवा कटौती गरेका हौं ।’

त्रिविले चालु आवमा करिब १३ अर्ब रुपियाँ बजेट माग गरेको थियो, सरकारले ११ अर्ब मात्र उपलब्ध गराएको छ । त्रिवि कर्मचारी संघका अध्यक्ष चक्र कार्कीले अत्यावश्यक कामका लागि बाहेक अतिरिक्त सुविधा कटौती गर्नु उचित निर्णय हो भने । त्रिविले यस विषयमा अध्ययन गर्न व्यवस्थापन संकायका प्राडा भोजराज अर्यालको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077