Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी सेनामा भ्रष्ट्राचार भएको खुलेपछि भर्ति केन्द्रका सबै प्रमुख बर्खास्त

काठमाडौँ । रुस-युक्रेन युद्धको बीचमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेना भर्ती केन्द्रका सबै प्रमुखहरूलाई बर्खास्त गरेका छन् ।

देश छोड्न मद्दत गर्न पुरुषहरूबाट घुस लिएको आरोप लागेपछि ३३ अधिकारीहरूलाई राष्ट्रपति जेलेन्स्कीले बर्खास्त गरेका हुन् ।

गत वर्ष फेब्रुअरीमा युद्ध सुरु भएसँगै युक्रेनले लडाई क्षमता भएका पुरुषहरूलाई देश छाड्न प्रतिबन्ध लगाएको थियो ।

यी अधिकारीहरू विरुद्ध ११२ फौजदारी मुद्दा पनि दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077