Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिमा प्रतिशोधको भावना शुरू भए सबै समाप्त हुन्छौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍.शेखर कोइरालाले राजनीतिमा प्रतिशोधको भावना शुरू भए यसले सबैलाई समाप्त पार्ने बताएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले प्रतिशोधको भावना लिएर अघि बढ्दा कतै पनि नपुगिने बताए ।

नेता कोइरालाले भने,'अहिले हाम्रो देश अराजकतातिर गइरहेको छ । काण्डै–काण्डले देशलाई बिग्रहतिर धकेलिरहेको छ । त्यो काण्डहरूमा पछिल्लो काण्ड सुन काण्डले सबै काण्डहरूलाई बिर्साइदिएको जस्तो लागिरहेको छ । गल्ती कमी/कमजारी भयो भने दोषी दण्डित हुनुपर्छ । प्रतिशोधको भावना लिएर अघि बढ्दा हामी कता पुग्छौं ? कांग्रेसका सांसदहरू, जो मन्त्री भइरहेका छन् उहाँहरूले सोच्नुपर्ने, बुझ्नुपर्ने आवश्यकता मैले देखेको छु । केही पनि होइन भनेर हिँड्न थाल्यौँ भने कहीँ पनि पुग्दैनौं ।'

नेपालमा काण्डै काण्ड हुँदा सुन काण्डले अन्य काण्डलाई छोपेको बताए । नेता कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077