काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन सरकार पाँच वर्ष टिक्ने दाबी गरेका छन् ।
नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।
रक्षामन्त्री खड्काले सरकारको स्थिरतामा शङ्का नगर्न आग्रह गरे। उनले निश्चित कार्य योजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे।
रक्षामन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अप्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए ।
वर्तमान गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले पाँच वर्षसम्म सरकार कायम रहने उनको भनाई छ ।
उनले गठबन्धन सरकार निर्माणका लागि मात्रै बनेको नभई जनताका समस्या समाधान गर्न समेत प्रतिवद्ध रहेको बताए।
Leave a Reply