काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल पनि विस्तारै विकासको बाटोमा अघि बढेको बताएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए।
अर्थमन्त्री महतले भने,‘अहिले नेपाल पनि विस्तारै विकासको बाटोमा अघि बढेको छ। अहिले कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन्। तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ ।’
उनले नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताए।
उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका लागि राम्रो अवसर दिएको बताए।
Leave a Reply