Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 639
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रण ,सुशासन र सम्वृद्धिको लागि दृढ भएर लागेको बताएका छन् ।

    चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दैं कार्य सम्पादन सम्झौता गरिएको बताए। प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।



    नेपालमा सम्वृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    विदेशमा जाने युवा र स्वदेश भित्र नै केही उत्पादन गर्न चाहाने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाईं छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार