Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ३ हजार ८७१ जवान सहायक हवल्दारमा बढुवा, को-को परे [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बलका ३ हजार ८७१ जवान सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरीको साधारण समूहतर्फको सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम ३ हजार ८७१ जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफासि गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।

पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेको छ । यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा बढुवा भएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

को-को परे हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077