Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • आत्तिएका यादव र नडगमगिएका प्रचण्ड

    आत्तिएका यादव र नडगमगिएका प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 675
    SHARES

    काठमाडौं । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ ।

    न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार गृह मन्त्रालयले संघर्ष समितिसँग गत मंगलबार सहमति गरेको थियो ।



    सहमतिपत्रमा घटनाको छानबिन गरी अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिनेलगायतका विषय उल्लेख गरिएको छ । सो सहमति भएको पत्र सार्वजनिक भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव आत्तिएका छन् । यादवसहितका नेताविरुद्ध किटानी जाहेरी परेको छ । पीडित परिवारले यादवकै योजना एवं निर्देशनमा २८ जनाको हत्या हुनेगरी गौर हत्याकाण्ड भएको बताउँदै आएको छ ।



    गौर हत्याकाण्डका पीडितसँग सरकारले सहमति गरेको पत्र पढेपछि यादवले पार्टीको विशेष बैठक बुधबार बोलाएका थिए । बैठकमा यादवले प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डको छानबिन गरेर आफूहरूलाई जेल पठाउन खोजेको र अब सरकारको विकल्प अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

    छलफलपश्चात यादवले प्रधानमन्त्री प्रचण्डलाई भेट्न खोजेका थिए । तर, तत्काल उनीहरूको भेटघाट हुन सकेन । सहमतिपश्चात आत्तिएका यादव दौडिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर तत्कालै सत्तारूढ दलको बैठक बोलाउनुपर्ने माग गरे । गौर हत्याकाण्ड छानबिन गरी अगाडि बढाउने काम सरकारले गर्छ भने आफूहरू सरकार छोड्ने भनेर यादवले देउवासामु घुर्की देखाउँदै निस्केका थिए ।

    यादव र देउवासँगै रहेका एक नेताका अनुसार त्यसपछि देउवाले सो कुरा प्रधानमन्त्री प्रचण्डलाई सुनाएका थिए । तर, प्रचण्डले देउवालाई सिधा जवाफ दिए, ‘१२ गए १४ आउँछ । चिन्ता नगर्नुस् ।’ राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार