काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
गृहमन्त्री श्रेष्ठ सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका हुन् । स्रोतका अनुसार उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको बताइएको छ ।
भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र बिहीबार सांसद सुनिल शर्मा पक्राउ परेपछि कांग्रेसकै नेता कार्यकर्ताको दबाबमा कांग्रेस सभापति देउवा रहेका छन् ।
पछिल्लो समय गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति सभापति देउवाले असन्तुष्टि व्यक्त गरेका थिए । सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच सम्बन्ध चिसिएको राजनीतिक वृत्तमा कुरा उठिरहेका बेला उनीहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
Leave a Reply