एजेन्सी । द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहका जिहादीहरूले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ ।
एकजना युद्ध अनुगमनकर्ताले शुक्रबार सो घटनाबारे जानकारी गराएका हुन् ।
बेलाइतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बिहीबार देइर एजोर प्रान्तमा आइएसका सदस्यहरूले एउटा सैन्य बसलाई निशाना बनाएर गरेको जनाएको छ ।
उक्त आक्रमणमा २३ सैनिकको मृत्यु भएको र १० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
Leave a Reply