Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कोसी प्रदेशको स्वास्थ्यमन्त्रीमा जसपाकी निर्मला लिम्बू नियुक्त

    कोसी प्रदेशको स्वास्थ्यमन्त्रीमा जसपाकी निर्मला लिम्बू नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 741
    SHARES

    काठमाडौं । कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी सांसद निर्मला लिम्बूले स्वास्थ्य मन्त्री बनेकी छन्।

    लिम्बूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार पद तथा गोपनियताको सपथ खुवाएका हुन्।



    लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी छन्।



    कोसीको ९३ सदस्यीय प्रदेशसभा (संसद)मा लिम्बू जसपाबाट एक्ली सांसद हुन्। उनी दोस्रोपटक प्रदेशको मन्त्री बनिन्।

    यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्य मन्त्री थिइन्।

    यसअघि सत्ता गठबन्धनका दलहरू कांग्रेस , माओवादी , एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त भैसकेको प्रदेशमा आज जसपा पनि सामेल भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार