Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जसपाले भन्यो – माओवादीकै कारण गौर हत्याकाण्ड भएको हो, छानबिन आयोग गठन गर्नुपर्छ

    जसपाले भन्यो – माओवादीकै कारण गौर हत्याकाण्ड भएको हो, छानबिन आयोग गठन गर्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 537
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले गौर हत्याकाण्ड र मधेश आन्दोलन लगायतबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गुपर्ने बताएको छ ।

    पत्रकार सम्मेलन गर्दै जसपाले गौर हत्याकाण्डबारे अनुसन्धानका लागि सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताएको हो ।



    जसपाले गौर घटना माओवादी हठकै कारण भएको र घटनास्थलमै नभएका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मुछ्न खोजेको आरोप लगाएको छ । जसपाले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै रहस्यमय भनेको छ ।



    जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।

    पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे । २०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।

    २०६३ चैत ७ गते पनि फोरमले जिल्ला प्रशासनसँग १२ दिनअगाडि नै स्वीकृति लिई गौरमा कार्यक्रम गर्न खोजेको तर माओवादीले बिथोल्न बम पड्काएको पार्टीका प्रवक्ता सुमनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार