Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कैदी मृत्यु प्रकरण : १० प्रहरी अधिकारीमाथि छानबिन

    कैदी मृत्यु प्रकरण : १० प्रहरी अधिकारीमाथि छानबिन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 966
    SHARES

    संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको मृत्यु पक्ररणमा १० जना प्रहरी अनुसन्धानमा तानिएका छन्।

    घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । कारागारबाट भाग्न लागेको अवस्था नियन्त्रणमा लिइएका दुई कैदीबन्दी बुधबार बिहान ६ बजे कारागारमै अचेत फेला परेका थिए ।



    मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



    बुधबार बिहान १ बजे कैदी विनोद तोलांगी र आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेका थिए । त्यसक्रममा नियन्त्रणमा लिएपछि कारागारभित्र झडप र कुटपिट हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यसपछि घटनाको शंकास्पद् रहेकाले अनुसन्धानका लागि सोही दिन संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन भएको थियो।

    पछि प्रदेश प्रहरी कार्यालयका एसपी कँडेलको नेतृत्वमा ४ सदस्यीय र कारागार व्यवस्थापन विभागका अधिकृत कमल पाण्डे नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएर घटनाको अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार