काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सांसद देवले यस्तो बताएका हुन् । सांसद देवले श्रेष्ठलाई सबैभन्दा उत्कृष्ट र सफल गृहमन्त्रीको संज्ञा दिँदै संगठित अपराधविरुद्धका लडाइँ रोकिन नहुने बताए।
सांसद देवले भने, ‘धन्यवाद छ नारायणकाजी श्रेष्ठलाई, उहाँ नेपालको इतिहासमा ‘वान अफ द बेस्ट’ गृहमन्त्री हो । उहाँ सफल गृहमन्त्री हो । सफल गृहमन्त्री र सफल अर्थमन्त्रीविरुद्ध यत्रो आक्रमण किन ? संगठित अपराध अन्त्य गर्न गठबन्धनकै मान्छे भए पनि छाड्न हुन्न ।’
राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सांसद देवले सत्तापक्षकै कतिपय व्यक्ति पनि गृहमन्त्री र अर्थमन्त्रीविरुद्ध आक्रमणमा उत्रिएको बताए ।
उनले कांग्रेसकै सांसद सुनिल शर्मा पनि पक्राउ परेको सन्दर्भ कोट्याउँदै सीआइबीले गर्ने अनुसन्धान निष्पक्ष हुने दाबी गरे ।
Leave a Reply