काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट लागु हुने गरी सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ ।
प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सिम्रिकले आर्थिक वर्ष २०७९/०८० मा कुल ५५ लाख रुपैयाँ तिर्नु पर्ने थियो । उक्त बक्यौता तिर्न आग्रह गर्दा करिब आठ लाख रुपैयाँमात्र तिरेको थियो ।
बाँकी ४६ लाख बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि नतिरेपछि आजबाट सबै उडानमा रोक लगाइएको उनले बताए । प्राधिकरणको अडिटमा पनि सिम्रिकको वित्तीय अवस्था कमजोर देखिएको छ ।
बक्यौता तिरेको दिनदेखि नै पुनः उडान सुरु गर्न दिने अधिकारी भुलले जानकारी दिए ।
Leave a Reply