Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोटाहिटीस्थित स्टोरमा लागेको आगो निभाइयो

काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

बिहीबार राति काठमाडौं महानगरपालिका-२७ भोटाहिटीस्थित नेपाल हाउसको पाँचौं र छैठौं तलामा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मथुराम श्रेष्ठको घरमा भाँडाकुँडाको गोदाम रहेको कोठामा आगलागी भएको छ । करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

काठमाडौं महानगरका चार र नेपाली सेना, ललितपुर र भक्तपुरको एक/एक गरी सातवटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो।

घटनापछि प्रहरी वृत्त जनसेवाबाट डिएसपी भेषराज रिजाल नेतृत्वको टोली खटिएको थियो । क्षति विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077