Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बक्यौता नतिरेपछि सिम्रिक एयरको उडानमा प्राधिकरणले लगायो रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै उडानमा रोक लगाएको छ ।

प्राधिकरणको बिहीवार बसेको सञ्चालक समिति बैठकले बक्यौता तिर्न बाँकी रहेको भन्दै सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको हो ।

सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणले बताएको छ ।

अन्य वायुसेवाको हकमा पनि उडान रोक लगाउँदै जाने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बक्यौता बाँकी राख्नेमा सौर्य, समिट, यतीसहितका वायुसेवा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077