Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न- तपाईँहरूको नियतमा खोट छ कि कार्यदक्षताको कमी ?

    मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न- तपाईँहरूको नियतमा खोट छ कि कार्यदक्षताको कमी ?

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत कार्यशैलीमा नअल्झिन संघीय मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

    सिंहदरबारमा मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्री र सचिवबाट आफूले गम्भीरता र गतिशीलता अपेक्षा गरेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,’अब यसरी नै परम्परागत कार्यशैलीमा अल्झिने छुट हामीलाई छैन। सधैंभरि सेतो सर्ट र नीलो कोटप्रति संशय, ‘सरकारले केही गर्न सक्दैन’ भन्ने जननिराशा र ‘यस्तै हो, यस्तै चल्छ’ भन्ने मानसिकता र कार्यशैलीको बोझ बोकेर हामी हिँडने कि, ‘परिवर्तन सम्भव छ, यही सरकार, यही कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने प्रमाणित गरेर देखाउने?’

    नेपाली समाजलाई नयाँ गतिमा, नयाँ बेगमा रूपान्तरणतर्फ लैजान खोजेको भन्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत सोच, कार्यप्रणाली र प्रवृत्तिले मुलुकलाई थप गतिशील बनाउन नसकिने बताए।

    नेपालको कर्मचारीतन्त्र समकालीन अन्य मुलुकका कर्मचारीतन्त्रसँगको समकक्षतामा अव्वल र सक्षम रहेमो भन्दै उनले तदर्थवादी शैलीले काम गर्ने या परिवर्तनको वेगलाई आत्मसात गर्ने भन्ने मुख्य कुरा भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार