Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • नवलपरासीमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाइते

    नवलपरासीमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 1.4K
    SHARES

    नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-९ बेलाटारीमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

    स्कुल र क्याम्पस सञ्चालनको विषयलाई लिएर गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।



    झडप हुँदा ७ प्रहरी र २३ जना विद्यार्थी घाइते भएका छन्।



    बेलाटारी माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच भवनको विवादका कारण विद्यार्थी तोडफोडमा उत्रिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

    स्थिति नियन्त्रणमा लिन ५ राउन्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार