Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीहरूसँग कार्यसम्पादनको वार्षिक सम्झौता

    प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीहरूसँग कार्यसम्पादनको वार्षिक सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 465
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्याबिनेटका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।



    कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीसँग संघीय सरकारका २१ वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित सम्झौतापत्र तयार पारी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।



    कार्यसम्पादन सम्झौतामा प्रत्येक मन्त्रालयले गरेको कामको अलग अलग कार्यसूचि तयार पारिएको छ। प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण पनि बुझेका छन्।

    उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा गरिएको छ। त्यसपछि मन्त्रीहरुसँग आ.व. २०८०/८१ का लागि कार्यसम्पादन सम्झौता भएको हो। कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले आगामी १ वर्षभित्र आफ्नो मन्त्रालयबाट गर्ने कामको विवरण प्रधानमन्त्रीकहाँ पेस गरेका छन्।

    सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार