Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए संसदीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति बैठक बोलाएका छन् ।

सभापति देउवाले ४ बजे आफ्नो निवासमा बैठक बोलाएका हुन् । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने छ ।

कांग्रेसको संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

सभापति देउवाले समितिको बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने तयारी गरेका छन् ।

सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077