Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अभियन्ता सरस्वतीलाई अमेरिकामा पाइन् अवार्ड

    अभियन्ता सरस्वतीलाई अमेरिकामा पाइन् अवार्ड

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 969
    SHARES

    काठमाडौं । अभियन्ता सरस्वती नेपालीले अमेरिकी विदेश मन्त्रालयले दिने ग्लोबल एन्टीरेसिज्म च्याम्पियन्स अवार्ड पाएकी छन्।

    अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेका हुन् ।



    अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभेदको विरुद्धमा साहस र वकालत गरेकाले नेपालीलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ ।



    सरस्वतीले विगत दुई दशकदेखि नेपालमा दलितका विरुद्ध हुने गरेका जाति विभेदविरुद्ध निरन्तर अभियानमा क्रियाशील भएकाले उक्त अवार्ड दिइएको स्टेट डिपार्टमेन्टले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

    ट्युनिसिया, बङ्गलादेश, ब्राजिल, मोल्डोभो र पेरुका सामाजिक अभियान्तालाई पनि सोही अवार्ड प्रदान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रदान गरेको उक्त अवार्ड पाउने सरस्वती पहिलो नेपाली हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार