एजेन्सी । इक्वेडरमा राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । चुनावी र्यालीका क्रममा गोली हानी उनको हत्या गरिएको हो ।
देशको राष्ट्रियसभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोमाथि बुधबार उत्तरी सहर क्विटोमा कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमण गरिएको थियो ।
भिल्लाभिसेन्सियो कारमा बसेर जान लागेका बेला एक व्यक्तिले उनको टाउकामा गोली हानेको बताइएको छ ।
५९ वर्षीय भिल्लाभिसेन्सियोमाथि तीन गोली प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । राष्ट्रपतिको पहिलो चरणको निर्वाचन आउँदो अगस्ट २० तारिखमा हुँदैछ ।
Leave a Reply