Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भ्रष्टाचारमा लिप्त कर्मचारीमाथि अख्तियार आक्रामक, एक वर्षमा ३५६ जनामाथि भ्रष्टाचार मुद्दा

    भ्रष्टाचारमा लिप्त कर्मचारीमाथि अख्तियार आक्रामक, एक वर्षमा ३५६ जनामाथि भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २५ साउन २०८०
  • 762
    SHARES

    काठमाडौं । भ्रष्टाचारमा लिप्त कर्मचारीप्रति अख्तियार दुरूपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ । अख्तियारले एक वर्षको अवधिमा एक जना विशिष्ट तहका कर्मचारीसहित ३ सय ५६ राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचारमा मुद्दा दायर गरेको पाइएको छ ।

    यद्यपि, उपल्लो तहका कर्मचारीहरू भने अख्तियारको कारबाहीबाट बच्ने गरेका छन् । सचिव, सहसचिवहरू विभिन्न खाले नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको भए पनि उनीहरूमाथि छानबिन हुन नसक्दा जोगिने गरेका हुन् । अख्तियारको कारबाहीमा बढी मात्रामा खरिदार, सुब्बा, अधिकृत र उपसचिवसम्मका कर्मचारी पर्ने गरेका छन् ।



    अख्तियारका अनुसार आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतमा दायर गरिएका १ सय ६२ मुद्दाका ७ सय ६० प्रतिवादीमध्ये झन्डै आधाको संख्यामा कर्मचारी परेका छन् ।



    गत एक वर्षमा भ्रष्टाचार मुद्दा दायर गर्दा कर्मचारीको संख्या उल्लेख्य रहेको पाइएको हो । अघिल्लो आर्थिक वर्षमा पनि भ्रष्टाचार मुद्दा दायर गर्दा कर्मचारीको संख्या उल्लेख्य नै रहेको थियो । अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा भ्रष्टाचारमा मुद्दा खेप्ने कर्मचारीको संख्या ३ सय १० जना रहेको थियो ।

    यस हिसाबले हेर्दा भ्रष्टाचार गर्ने कर्मचारीको संख्या वर्षेनी बढेको पाइएको छ । अख्तियारले चालु आर्थिक वर्ष २०८०/८१ को २४ दिनको अवधिमा बुधबारसम्म ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यसरी मुद्दा दायर गरिएकामा पनि अधिकांश कर्मचारीहरू नै रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार