Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धर्म परिवर्तन प्रबलरूपमा बढ्यो, संरक्षण गर्नु राज्यको दायित्व हो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सबै जाति र समुदायको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् ।

२९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताए ।

उनले भने, “अल्पसङ्ख्यक जातिको समुदाय पनि यहाँ छ। सबैले आफ्नो समुदाय मात्र ख्याल गर्ने हो भने त्यस्ता खालका जाति समुदाय लोप हुन सक्छन्। कुनै पनि बेला सांस्कृतिक अतिक्रमणको सिकार बन्न सक्छन्। पछिल्लो समय धर्म परिवर्तन प्रबलरूपमा बढेको छ।

यसले झन कुनै पनि समुदाय अर्को जनगणना आउने बेलासम्म समाप्त हुन सक्छ। त्यसकारण पनि राज्यले सबै जाति समुदायको संरक्षण समानरूपमा गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077