Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली सेनाका १० जर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले १० जना सहायक रथी (जर्नेल)हरुको सरुवा गरेको छ । स्रोतका अनुसार यही साउन १६ गतेबाटै लागु हुने गरी उनीहरुको सरुवा गरिएको हो ।

सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी भई राष्ट्रिय प्रतिरक्षा महाविद्यालयमा काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्ट सैनिक सचिव विभागको अतिरिक्त समूहमा पुगेका छन् ।

तर उनले महाविद्यालयमै काजमा रहने छन् । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दरबन्दी रहेर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका जर्नेल भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ।

नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टर सरुवा गरिएको छ।

नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका अर्का जर्नेल लक्ष्मण थापालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। चरक बाहिनीका सहायक रथी सुरत रावललाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा खटाइएको छ ।

सैनिक स्रोतका अनुसार, शान्ति कार्य निर्देशनालयमा कार्यरत सन्तोष बल्लभ पौडेलको सरुवा चिफ अफ स्टाफ पश्चिम पृतना हेडक्वार्टरमा भएको छ । उत्तर पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी मधुकर सिंह कार्कीको सरुवा केन्द्रपति, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा भएको छ ।

पश्चिम पृतना हेडक्वार्टर (काज, वीरेन्द्र अस्पताल) सहायक रथी ध्रुव प्रकाश शाहको सरुवा सैनिक सचिव विभाग (अतिरिक्त समूह) (काज, वीरेन्द्र अस्पताल), आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी प्रेम बहादुर पुन, निर्देशक शान्ति कार्य निर्देशनालय आपूर्ति तथा परिवहन निर्देशनालयको कार्य समेत हेर्ने गरी दोहोरो जिम्मेवारी तोकिएको छ ।

यस्तै राष्ट्रिय सुरक्षा परिषद सचिवालय (काज, मध्य पश्चिम पृतना हेडक्वार्टर) मा कार्यरत सहायक रथी माधव थापाको निर्देशक, सैनिक सामग्री प्राप्ती निर्देशनालय (काज, मध्य पश्चिम पृतना हेडक्वार्टर) मा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077