Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • तराई मधेश द्रुतमार्गलाई सरकारले  विशेष महत्त्व दिएको छ : रक्षामन्त्री खड्का

    तराई मधेश द्रुतमार्गलाई सरकारले  विशेष महत्त्व दिएको छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई सरकारले  विशेष महत्त्व दिएको बताएका छन् ।

    रक्षामन्त्री खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई सरकारले विशेष महत्त्व दिएको बताएका हुन् ।



    सेनाका उच्च अधिकारीलाई रक्षामन्त्री खड्काले काठमाडौं–तराई मधेश द्रुतमार्गलाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो रहेको बताए ।



    रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उनले वर्तमान सरकारले द्रुतमार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय मन्त्रिपरिषद्को एउटै बैठकले निर्णय गरेर गाँठो फुकाएको स्पष्ट गरे ।

    उनले कुन आयोजना, कुन ऐन र कानूनले अप्ठेरो पारेको र त्यसका सम्बोधन गर्न सकिन्छ कसरी भन्ने विषय समीक्षामा ल्याइनुपर्ने र त्यसलाई तत्कालै सम्बोधनका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार